आज: २०८२ श्रावण २९, बिहिबार | Thu, 14, Aug, 2025

विराटनगर बाल सुधार गृहमा झडप हुंदा एक प्रहरी घाइते

२०८२ श्रावण २८, बुधबार मा प्रकाशित ( १ दिन अघि) ८३८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

विराटनगर- २८ साउन ।

विराटनगरस्थित बाल सुधार गृहमा प्रहरी र बालबालिकाबीच झडप हुंदा एकजना प्रहरी घाईते भएका छन् । प्रहरीले सुधारगृहका बालबालिकाहरूमा सुर्ति सेवनको आशंका पाएपछी उनीहरुलाई जाँच गर्ने क्रममा झडप भएको हो।

घटनामा बाल सुधार गृह्रका बालबालिकाले हातपात गरेपछी एक जना प्रहरी घाइते भएका छन् । साथै घाईते प्रहरीलाई कोशी अस्पताल लगिएको छ। सुधारगृहभित्रका अन्य बालबालिकाहरू अझै होहल्ला गरिरहेका छन्। सुरक्षा अवस्था नियन्त्रणमा लिन चारवटै सुरक्षा निकायलाई थप परिचालन गरिएको छ ।

सुधारगृहका अधिकारीहरूले १८ वर्ष नाघेका केही युवाले वातावरण बिगारेको बताएका छन्। यहाँ हाल २४९ जना बालबालिका राखिएका छन । तर सुधारगृहको क्षमता केवल ५० जना मात्र हो।

यस संगै उक्त सुधारगृह्रबाट केही बालक केही भागेको आशंका गरिएको थियो । गणना गर्दा सबै उपस्थित रहेको पुष्टि भएको तर मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस