आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

अनलाइन व्यापार, नेटवर्किङ ‘अल्ट्रा अभियान’का सञ्चालक पक्राउ

२०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ( १ दिन अघि) १०५५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

वीरगन्ज -२९ साउन ।

पर्सा प्रहरीले ‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश वर्णवाललाई पक्राउ गरेको छ।

बुधवार बिहान वर्णवाललाई वीरगन्ज–१६, बाइपास गणेशटोल स्थित उनकै डेराबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले बताउनु भएको छ ।

एसपी मिश्रका अनुसार, वर्णवालले अनलाइन व्यापार, नेटवर्किङ व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गराउने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगेका थिए। उनले “कम समयमै ठूलो कमाइ”को प्रलोभन देखाई असंख्य व्यक्ति तथा परिवारलाई आर्थिक क्षति पुर्‍ याएको खुलेको हो।

उनले यसअघि ‘पनि डिजिटल वर्ल्ड’, ‘अल्ट्रा अभियान’, ‘कबाड पसल’ र ‘ऋषि आदिवासी तेल’का नाममा व्यवसाय सञ्चालन गर्दै आएको बताइएको छ । उक्त कारोबारमा पनि ठगी र अनियमितताका आरोपहरू लागेका छन्।

पीडितहरूले वर्णवालमाथि प्रहरी र केही दलालहरूसँग मिलेमतो गरी कानुनी कारबाहीबाट बच्ने प्रयास गरेको आरोप लगाएका छन्। धम्की दिने र दबाब सिर्जना गर्ने काममा उनी सक्रिय रहेको दाबी गरिएको छ।

वर्णवाल केही समयदेखी नै नेपालका नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारीहरूबीच ‘माफिया’को रूपमा चिनिन्छन्। लगातारका गिरफ्तारीहरूले उनलाई ‘ठगी उद्योग’को योजनाबद्ध र दीर्घकालीन सञ्चालनमा संलग्न व्यक्ति भएको संकेत गर्छ।

यो घटनाले नेपालमा अनलाइन व्यापार, नेटवर्किङ स्किम र क्रिप्टोकरेन्सीमा भइरहेको अनियन्त्रित गतिविधिको गहिरो समस्या उजागर गरेको छ। नियामक निकायको कमजोर निगरानी, कानुनी प्रक्रिया लामो हुनु, र प्रभावित व्यक्तिहरूको आर्थिक साक्षरताको कमीले यस्ता गतिविधि मौलाएको स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस