आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

बाढीले २४ घर पूर्णक्षति,१७ घर जोखिममा, ७० बाख्रा तथा कुखुरा बेपत्ता

२०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ( २१ घण्टा अघि) १८६१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बाजुरा -२९ साउन ।

हिमाली गाउँपालिका वडानं दुई बामुखोलामा आएको भिषण बाढीले आसपासका गाउँमा त्रास फैलाएको छ । अविरल वर्षाका कारण बुधवार दिउँसोदेखि सोही खोलामा आएको बाढीले दर्जनौँ। घर छाना ,विद्यालय,,बाटो ,,पुल र विद्युत् लगायतका भौतिक संरचना लगायतमा ठूलो क्षति पु¥याएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक इकवाल हवारीका अनुसार बुधवार दिउँसो आएको अविरल वर्षका कारण हिमाली गाउँपालिका वडानं एकका १३ वटा घर पूर्ण क्षति भएको छ। त्यस्तै वडा १ का ७० बाख्रा र चार कुखुरा पनि बेपत्ता भएका छन् । त्यस्तै वडा न.५को कुवाडीमा ११ वटा घर गरी जम्मा २४ घर पूर्ण रुपमा क्षति पुर्याएको हो ।

यस्तै सो स्थानका १७ घर पनि जोखिममा रहेका छन् । साथै हिमाली गाउँपालिकाको वडानं एकको वडा कार्यालय, बिच्छियां मावि बिच्छिया,विच्छिया स्वास्थ्य चौकी कार्यालय ,नाथीखोला जनविद्युत आयोजनाको विद्युत् लाइन, विच्छया खोलाको झुलंगे पूल, नेटा र देउसैनका दुइवटा पानी घट्ट, सरकारी संरचना तर्फ हिमाली गा.पा.१ तातोपानीबाट विच्छिया आउने खानेपानीको मुहान सहित पाईप पनि बगाएको छ।

सोही स्थानको कुवाडी जलविद्युतको नहर बगाएको बताइएको छ । बाढीले बिच्छ्या सिमपानीका धनवहादुर बोहरा, रविलाल वोहरा, र चन्दवहादुर बोहरा लगायत तिन घरमा क्षति भएको छ । त्यस्तै मुवालाका धन्सिंं वोहरा, भिमराज वोहरा लगायतका घरमा क्षेती भएको छ। बाढीले विच्छ्याँ – बामुको वाटो बन्द पनि भएको छ ।

बाढीले बोल्देमाण्डौं टिन जोड्ने निर्माणाधिन झुलंगे पूलको सामान बगाएको छ । त्यसैगरी विछ्याँ माविको खेलमैदान खोलाको कटानमा परेको छ। बामुको बिजुली बत्तीका तार पोल बगाउँदा विद्युत् लाइन अवरुद्ध भएको वडाध्यक्षले बताएको छ विछ्याँबाट बामुजाने १५ किलो मिटर बाटो तथा बामुखोालमा भएका काठे साँगु बगाउँदा आवागमन अवरुद्ध भएको छ।

यसका साथै बुधवारदेखि बामुका ५५ परिवार सम्पर्क विच्छेद भएको वडाध्यक्ष भण्डारीले बताए । टेलिफोन सम्पर्क छैन, केकती क्षेती भयो ? यकिन छैन स्थानीवासीको भनाई छ ।

बुधवार दिउँसोदेखि आएको बाडीले खोला आसपासका संरचना बगाएपछि स्थानीयलाई ओतलाग्न पनि समस्या भएको छ। बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गर्नु पर्ने माग गरेका छन् । बिच्छ्यामा फोन सम्पर्क समेत नहुँदा पनि थप समस्या भएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस