आज: २०८२ श्रावण ३०, शुक्रबार | Fri, 15, Aug, 2025

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक गम्भीर

२०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित ( ७ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सर्लाही- ३० साउन ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका र ईश्वरपुर नगरपालिकामा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामामा परी दुई जनाको मृत्यु भएको छ। साथै घाईते भएका अर्का एक जनाको अवस्था गम्भीर छ।

गएराति चक्रघट्टा गाउँपालिका–५, पडरियामा बीआर ३० एजी ५०३६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री पडरियाका ६० वर्षीय बरन बैठाको मृत्यु भएको हो। मोटरसाइकलको ठक्करबाट अर्का पैदलयात्री सोही ठाउँका २० वर्षीय दीपक मण्डल घाइते भएका छन्।

मण्डलको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चक्रघट्टा गाउँपालिका–१, का २० वर्षीय हरेकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

यस्तै, ईश्वरपुर नगरपालिका–१, चौलिखामा एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालक ईश्वरपुर नगरपालिका–७, पोखरी टोलका २४ वर्षीय अमनदीप रामको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते रामको उपचारका क्रममा साँझ एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस