आज: २०८२ श्रावण ३१, शनिबार | Sat, 16, Aug, 2025

अज्ञात समूहद्वारा गोली हानेर एक पुर्व शिक्षकको हत्या

२०८२ श्रावण ३१, शनिबार मा प्रकाशित ( २ घण्टा अघि) ७७६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सर्लाही -३१ साउन।
सर्लाहीको हरिपुरवामा अज्ञात समूहले एक जनालाई गोली प्रहार गरी हत्या गरेका छन्। शुक्रवार राति साढे अन्दाजी ८ बजेतिर गोली प्रहार गरी रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ । उनी पुर्व शिक्षक हुन् ।

रामपुकार यादव त्यस समयमा छिमेकीसंग कुराकानी गरिरहेका थिए । सोही समयमा मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले गोली हानेर भागेका र यादवको उपचारको क्रममा मृत्यु भएको हो । हतियारधारीहरू गोली हानेर मोटरसाइकलमा भागेका बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस