आज: २०८२ श्रावण ३१, शनिबार | Sat, 16, Aug, 2025

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

२०८२ श्रावण ३१, शनिबार मा प्रकाशित ( १८ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
झापा ३१ साउन।

सुनसरी कारागारको पर्खाल नाघेर भागेका एकजना कैदी आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन्।

जबर्जस्ती करणी अभियोगमा कैदी सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका(१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनु भयो।

पौडेल साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए। उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीको टोलीले विराटपोखर क्षेत्रबाट लुकीछिपी बसिरहेका उनलाई शनिबार पक्राउ गरेको हो।

उनलाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद, पाँच लाख जरिवाना र ३० हजार रुपैयाँ क्षतिपूर्ति तिर्ने सजायको फैसला गरेको छ । कारागारमा सजाय भोगिरहेकै अवस्थामा त्यहाँबाट फरार भएका हुन्।

पक्राउ परेका पौडेलमाथी थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने तयारी भइरहेको प्रनाउ खड्काको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस