
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ ४ भदौ ।
धादिङको धुनिवेशी नगरपालिका .७ घट्टामोड नौविसे स्थितमा सवारी दुर्घटना भएको छ ।
आज दिउँसो अ.साँडे १ बजेको समयमा त्रिभुवन राजपथमा चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको ध २ प ३१४६ नं..को मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको UP51 CT 2601 नं.को ईन्डियन ट्रकले ठक्कर दिंदा दुवै दुर्घटनामा परेको हो ।
मोटरसाईकललाई ठक्कर दिएर उक्त ईन्डियन ट्रक आफै अनियन्त्रीत भई सडकबाट अं.२०।२५ मिटर तल खसि दुर्घटना हुदा दुबै सवारी साधनमा सवार व्यक्तीहरु घाईते भएका हुन् ।
उक्त दुर्घटनामा परी मोटरसाईकल चालक तत्काल नाम थर वतन नखुलेको अं.४०।४२ का पुरुष घाईते छन् । घाईते निज पुरुषको खुट्टा,अनुहार,,टाउको र शरीरको बिभिन्न भागमा चोट लागी अवस्था गम्भिर रहेकोले निजलाई थप उपचारको लागि काठमाण्डौ तर्फ पठाईएको हो ।
त्यसैगरी सोहि मोटरसाइकलको पछाडि सवार अं.३०।३२ वर्षकी तत्काल नाम थर वतन नखुलेकी एक महिलाको दाँत भाँचिएको,अनुहारमा चोट र शरिरको भित्रिभागमा चोट,अवस्था मध्यम उपचारको लागि काठमाण्डौ तर्फ पठाईएको छ ।
ईन्डियन गाडिमा चालकसहित अन्य चारजना पनि घाईते भएका छन् । घाईते हुनेहरुमा भारतीय नागरिकहरु अं.२२ बर्षको जाबिद अन्सारी,अं.२४ बर्षको उस्मान अन्सरी, अं.बर्ष २२ को ओस्लिम आलम र भारत नै घर भएका अं.२५ बर्षको ईर्साद आलम रहेको ईलाका प्रहरी कार्यलय खानीखोलाले जनाएको छ ।
दुर्घटनामा परी उनीहरुको टाउको र दाहिने हातमा चोट लागेको छ । उनीहरुको उपचारको लागि नौविसे स्वास्थ्य चौकि पठाईएको र सवारी साधनमा क्षती पुगेको प्रहरीले जनाएको छ ।
साथै घाईतेहरुको अवस्था मध्यम रहेकाले थप उपचारको लागि काठमाण्डौ तर्फ पठाईएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवत्ता सुवास हमालले बताउनु भएको छ ।







प्रतिक्रिया दिनुहोस