
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -६ भदौ ।
धादिङको बेनिधाटमा सवारी दुर्घटना हुंदा ८ जना घाईते भएका छन् ।
सुत्रबार साँझ अ.१८ः३० बजेको समयमा बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा भएको सवारी दुर्घटनामा परी धादिङका पाँचसहित ८ जना घाईते भएका हुन् ।आज बुटवल बाट काठमाडौं तर्फ आउदै गरेको बा.प्र. ०१(००२ ज ६७६३ नं.को हाईस आफै अनियन्त्रीत भई सडकमा पल्टिँदा हाईसमा सवार ११ जना मध्य ८ जना घाईते भएका थिए ।
दुर्घटनामा घाईते हुनेमा पाल्पा पुर्बीखोला गाउँपालिका १ बस्ने बर्ष अं.२५ को बिमल श्रेष्ठ,पाल्पा मातागढी गाउँपालिका ४ बस्ने बर्ष २२ को सुनिल बि.क,रामेछाप गोकुलगंगा गाउँपालिका ४ बस्ने बर्ष अं. ३१ को कमल कुमार सुनाम रहेका छन् ।
यसैगरी दुर्घटनामा घाईते हुनेहरुमा घादिङ निलकण्ठ नगरपालिका ६ बस्ने बर्ष अं. १३ को सन्तोष परियार, बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने बर्ष अं.२४ को राजु परियार,धादिङ गजुरी गाउँपालिक १ बस्ने बर्ष अं. १९ को मिलन परियार,धादिङ गजुरी गाउँपालिका १ बस्ने बर्ष अं. ४२ को केशब दमाई,धादिङ कै ऐ पालिका १ बस्ने बर्ष अं. २३ को प्रमोद परियार,ऐ.ऐ. १ बस्ने बर्ष अं. १८ को सरोज परियार घाईते भएका छन् ।
घाईतेहरुलाई उपचारको लागी राजमार्ग अस्पताल मलेखु पठाईएको, उक्त स्थानमा ईलाका प्रहरी कार्यलय ।बेनिघाट बाट प्र.ना.नि. हर्क बहादुर खड्काको कमाण्डमा टोली खटि हाईसका चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय वेनिघाटले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस