आज: २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार वृद्धको ज्यान लियो

२०८२ भाद्र ७, शनिबार मा प्रकाशित ( १ हफ्ता अघि) १८३० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

चितवन ७ भदौ ।

जापानिज इन्सेफ्लाइटिस सक्रमणबाट चितवनमा चार जनाको ज्यान गएको छ।

जनस्वास्थ्य कार्यालय चितवनले जनाए आनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजाले चार जनाले गुमाएका हुन् । जापानिज इन्सेफ्लाइटिस सक्रमणबाट सुक्रबार थप भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्धको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो।

यससंगै चितवन जिल्लामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने १३ जनामा यो रोगको सङ्क्रमण पुष्टी भएको छ।” कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार यसअघि मृत्यु हुनेमा कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका छन्।

गत आर्थिक वर्षमा चितवनमा तीन सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो।जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका नागरिकामा देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

कालिका नगरपालिकामा दुई जनालाई सङ्क्रमण देखिएको छ भने भरतपुरका चार, राप्तीका दुई, खैरहनी र माडी नगरपालिकाका एक÷एक जनामा सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।

चिकित्सकहरुका अनुसार यस रोग ‘क्युलेक्स’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। “यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर हुँदा नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ। यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ। धानखेतीमा यो लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने हुँदा खेत बारीमा काम गर्दा विशेष सर्तकता अपनाउनु पर्दछ”,

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस