
नारी बाटिका
नारी वाटिका संवाददाता
धनगढी -१२ भदौ ।
कैलालीको गोदावरी नगरपालिका–९ खुटिया खोलामा पौडी खेल्न गएका चारैजना किशोर डुबेर मृत्यु भएको छ ।
उनीहरु चारैजना पौडी खेल्ने क्रममा डुबेर मृत अवस्थामा फेला परेका हुन्।
मृतक चारैजनाको शव नदीबाट निकालिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)रणबहादुर चन्दले बताउनु भयो । मृतकहरू धनगढीका १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो करिब २ बजेतिर नुहाउन गएका सातजना किशोरहरुमध्ये चारजना बेपत्ता भएका हुन्। घटनापछि सशस्त्र प्रहरी बल नं. ३४ गण कैलाली, नं. ४३ रिजर्भ गण वनबेहडा र नं. ७ वैद्यनाथ वाहिनीबाट खटिएको थियो ।
संयुक्त प्राविधिक प्रहरीका टोलीले डाइभिङ रेस्क्यू टोलीसहितको सहयोगमा खोजी गर्दै २ घण्टापछी बेपत्ता भएका किशोरहरुको शव फेला पारेको हो। मृतकहरूको शव परीक्षणका लागि अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस