
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -१७ भदौ ।
नेपालमा हाल जापानी इन्सेफ्लाइटिस (जेई)काले २३ जनाको ज्यान लिई सकेको छ। डेंगु जस्तै लामखुट्टेको टोकाइबाटै लाग्ने यो संक्रमणको मृत्युदर डेंगुभन्दा धेरै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य शाखा प्रमुख डा। गोकर्ण दाहालका अनुसार गत जनवरीदेखि हालसम्म देशभरमा ३ हजार ५८६ जना डेंगुका विरामी भेटिएका छन् तर संक्रमितको हिसाबमा यसबाट हुने मुत्युदर कम रहेको छ। ३५ सय डेंगु संक्रमित भेटिदा यो अवधिमा २ जनाको मृत्यु भएको थियो।
तर जेई संक्रमणमा भने यही समय अवधिलाई तुलना गर्दा ११३ जना संक्रमित भेटिदा २३ जनाको मृत्यु भएको हो। जनवरीदेखी ९९७ जना जेईका विरामी भेटिएका थिए। यस अवधिमा तराईका ३६ जिल्लामा यस रोग फैलिएको छ भने जेईबाट मृत्यु हुनेमा सबैभन्दा धेरै युवा उमेर समूहका रहेका छन् ।
यस जेईबाट मृत्यु भएकाहरु मध्य २३ जना सबैभन्दा बढी ४० वर्षमाथिका छन्। सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार ४० वर्षभन्दा माथिका १८ जनाको र ३९ वर्ष मुनिका ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ।







प्रतिक्रिया दिनुहोस