आज: २०८२ भाद्र २३, सोमबार | Mon, 08, Sep, 2025

जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या बड्दो,चार पत्रकारसहित सयौं घाइते

२०८२ भाद्र २३, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिवियु नारी वाटिका संवाददाता

काठमाडौँ २३ भदौ ।

आज राजधानीमा जेनजी युवा पुस्ताले गरेका आन्दोलनमा ’ प्रदर्शनको समाचार सङ्कलन गर्न गएका चार पत्रकारसहित सयौं प्रदर्शनकारीहरु घाइते भएका छन्।

उनीहरुले नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए भने सोही घटनामा १४ जनाको मृत्यु भएको बताइएको छ । साथै प्रदर्शनको समाचार सङ्कलन गर्न गएका चारजना पत्रकारहरू श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल लगायत सयौं जना घाइते भएका नेपाल पत्रकार महासङ्घले जनाएको छ।

घाइते पत्रकारको ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ। सोही प्रदर्शनमा १४ जनाको मृत्यु भएको बताईएको छ । साथै घटनाको एकिन विवरण आउन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस