आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

बाल सुधार गृहमा झडप, पाँचजनाको मृत्यु, सात घाइते

२०८२ भाद्र २५, बुधबार मा प्रकाशित ( ४ महिना अघि) ३९६९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

नेपालगञ्ज- २५ भदौ ।

नेपालगञ्जमा रहेको नौवस्तीस्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ। सोही घटनामा सात जना घाइते भएका छन्। नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो।

उक्त कारागारमा रहेका ५८५ बाल कैदीहरुमध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेका हुन्। बालबिज्याईकर्ता र थुनुवालाई एकै ठाउँमा राखेका कारण यो अवस्था सृजना भएको कारागार प्रशासनले जनाएको छ ।

झडपमा घाइते भएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल उपचारको लागी ल्याइएको थियो। घाइतेमध्ये पाँचजनाको उपचारको क्रममा मृत्यु भएको हो। अन्य घाइतेको नेपालगञ्जस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस