आज: २०८२ भाद्र २७, शुक्रबार | Fri, 12, Sep, 2025

आन्दोलनका क्रममा लुटिएकामध्य ९४ नाल हतियार नेपाली सेनाद्वारा बरामद

२०८२ भाद्र २६, बिहिबार मा प्रकाशित ( १ दिन अघि) ११७९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२६ भदौ ।

सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ । साथै १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएको र १२ जना कैदीहरू आफैँ कारागारमा उपस्थिति भई हाजिर भएका छन् ।

आज विहान रामेछाप स्थित जिल्ला कारागारमा कैदीहरू भाग्न खोजेपछी भए झडपलाई नियन्त्रणमा लिनको लागि नेपाली सेनाले चलाएको गोली लग्दा १२ जना कैदी घाइते हुनुका साथै २ जनाको मृत्यु भएको छ ।

त्यसै गरी काभ्रेपलान्चोक जिल्लाको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको जनाएको छ ।
नेपाली सेनाले दिएको जानकारी अनुसार हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस