
नारी बाटिका
नारी वाटिका संवाददात
पर्सा -२६ भदौ ।
पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोरहरु अझैसम्म पनि फरार रहेका छन्।
भदौ २३ र २४ मा भएको देशको राजनितिक अस्रिताको उठाउँदै मङ्गलबार राति बालसुधारगृह तोडफोड गरेर भागेका उनीहरू अझैसम्म पनि पक्राउ पर्न सकेका छैनन्। बालसुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बालसुधारगृहबाट भागेका ३३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको बताएका छन्।
ुतर मङ्गलबार राति बालसुधारगृहबाट भागेका ६७ जना भनेअहिलेसम्म सम्पर्कमा नआएका काफ्लेले बताएका छन् । फरार भएका बालसुधारगृहका बालबिज्याइकर्ताका अभिभावकलाई सम्पर्क गरेर तुरुन्तै सुधारगृहमा ल्याउनका लागि अनुरोध गरेका छौँ, तर यदी उनीहरू नआएको खण्डमा अर्को मुद्दा चल्नेछ।ु
१४२ जना बालबिज्याइकर्ता रहेका उक्त बालसुधारगृहबाट भागेका किशोरहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिनु भयो। एस्पी मिश्रले भन्नु भयो बालसुधारगृहबाट भागेकाहरूको खोजी कार्य तीव्र बनाइरहेका छौँ केन्द्रीय कारागार तथा भीमफेदीको कारागारबाट फरार भएका छ जना कैदीलाई पक्राउ गर्न सफल भएका छौँ,
यस्तै बुधबार वीरगञ्ज कारागारमका कैदीहरू भाग्न खोज्दा तीनवटै सुरक्षा निकायले अधिकतम सावधानी अपनाउँदा कैदी तथा थुनुवा भाग्नबाट रोकिएका छन्। पछिल्लो समय यहाँको कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले लिएको छ।








प्रतिक्रिया दिनुहोस