आज: २०८२ भाद्र २९, आईतबार | Sun, 14, Sep, 2025

काभ्रेमा ७३० राउण्ड गोलीसहित आठ जना पक्राउ

२०८२ भाद्र २९, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

काभ्रे – २९ भदौ ।

बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको सुरक्षाको टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बनेपा–९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेका छन् ।

त्यसैगरी तेमाल गाउँपालिका–२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का रहेका छन्।

बरामद भएको गोलीको स्रोतको अनुसन्धानको क्रममा उनीहरुले प्रयोग गर्ने उद्देश्यले लिएको प्रहरीले जनाएको छ । अन्य संलग्नता सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस