आज: २०८२ भाद्र ३१, मंगलबार | Tue, 16, Sep, 2025

चुरियामाईमा सेनाको ट्रक पल्टिँदा १६ जना घाइते, ३को अवस्था गम्भीर

२०८२ भाद्र ३१, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


हेटौँडा -३१ भदौ ।

मकवानपुर र बाराको सिमानामा पर्ने महेन्द्र राजमार्ग अन्तर्गत चुरियामाईमा नेपाली सेना चढेको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
उक्त दुर्घछनाका परी घाईते भएकामध्य ३ जनाको अवस्था गम्भीर रहेको छ।

आज दिउँसो नम्बर २ राजदल गण तनहुँबाट धनुषातर्फ उपसेनानी हर्षबिक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको ४ वटा नेपाली सेनाको ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक बारा र मकवानपुरको सिमाना नजिक रहेको कल्भटमा पल्टिएर दुर्घटनामा परेको हो ।

मकवानपुर जिल्ला जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल मकवानपुर पठाइएको बताउनु भयो ।

दुर्घटना भएको उक्त ट्रकमा २२ जना सैनिकहरु सवार रहेको प्रहरी नायव अर्यालले जानकारी बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस