आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

चाड पर्व नजिकिँदै गर्दा,जेनजी आन्दोलनमा भागेका कैदीहरुबाट डर,त्रासमा समाज

२०८२ आश्विन १, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) ३७३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ- १ असोज ।
भदौ २३ र २४ मा भएको जेनजी युवा पुस्ताले गरेको आन्दोलनको फाईदा उठाएर आगजानी तथा कारागार तोडफोड गरी फरार भएका १४ हजार ५४९ जना कैदी बन्दी हरुमध्ये चार हजार ७७४ कैदीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अझै झण्डै १० हजार कैदीहरु फरार छन् । यस अवस्थामा नेपालीहरुको ठुला चाड पर्व नजिकिँदै गर्दा,जेनजी आन्दोलनमा भागेका कैदीहरुबाट डर र त्रासमा समाज​ रहेको अवस्था छ ।

विशेष रुपमा हेर्ने गरिएको राजधानीस्थित नक्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पनि सोही आन्दोलनको मौका छोपेर उनकै कार्यकर्ताले जेलबाट निकालेपछि कारगारमा आगजानी,तोडफोड,झडप भई देशभरका कारगारहा अस्तव्यस्त बनेको अवस्था थियो।

लामिछानेलाई कारागारबाट निकालौंभन्दै रास्वपाका कार्यकर्ताहरु सामाजिक सञ्जालमा आह्वानमै उत्रिएर हल्ला फिजाउन थालेपछी केही बेर मै लामिछाने कारागारबाट आफु प्रकृया पुरा बाहिरिएको बताउनु भयो । तर यसै मौका छोपेर देशका धेरै कारागारबाट ठुला अपराधीहरु पनि निष्किएका थिए।

त्यहाँ जेल ब्रेक हुने अवस्था आएपछि प्रशासनले खुकुलो बनाउनु पर्यो । यस परिणामको ठुलै असर भने अहिले समाजमा देखिएको छ। फरार कैदीले गृह प्रशासन र न्यायपालिकाका उच्चपदस्थ अधिकारीलाई धम्की दिन थालेका बताइएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले भागेका कैदीबाट न्यायाधीशलाई धम्की आउन थालेको बताएकी छन्। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितका वरिष्ठतम न्यायाधीशसहितको टोलीले सोमबार काठमाडौँ जिल्ला अदालतको क्षतिग्रस्त भवनको अवलोकन गर्ने क्रममा न्यायाधीश मल्लले अपराधीहरुले फोन गरेर धम्की दिन थालेको बताएकी हुन्।

केही कैदीहरु भने भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपयलाई सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन्। त्यसैगरी कतिपय आफैँ कारागारमा उपस्थित भएका छन् । भदौ २४ जेलबाट भागेका कैदीबन्दीहरुमध्यगते अहिलेसम्म नौ हजार ८०३ जना कैदी फरार नै रहेको कारागार व्यव्सथा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए।

आपराधिक मानसिकता भएका र फर्किन नचाहनेलाई प्रहरीमार्फत् नै फर्काउनु पर्ने र नियन्त्रणमै लिनुपर्ने अवस्था आएको अदालत प्रशासनको भनाई छ। सोही कारणले यतिबेला नेपाली समाज डर र त्रासमा छ। कतिपय ठाउँमा लुटपाट र चोरीका घटना बढ्न थालेका छन्। त्यसबाहेक पीडितको उजुरीमा जेल पुगेकाहरुले बदला लिने खतरा पनि छ।

नख्खु कारागारबाट मात्रै १४ सय कैदीबन्दी फरार रहेका छन्। सुन्धारास्थित केन्द्रीय कारागारबाट पनि ३३ सय कैदीबन्दीहरु भागेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानम्त्री टोपबहादुर रायमाझी पनि यहीबाट भागेका थिए। उनी पनि अहिलेसम्म फिर्ता भएका छैनन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस