आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

सभापति देउवाको टाउकोमा गहिरो चोट, १२ टाँका लगाइयो

२०८२ आश्विन ३, शुक्रबार मा प्रकाशित ( १ घण्टा अघि) ४३५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -३ असोज ।

भदौ २४ को जेनजी आन्दोलनको क्रममा आफ्नै निवासमा आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गहिरो चोट लागेको छ ।

सोही आन्दोलनका क्रममा उहाँमाथी आक्रमण भएको थियो । उक्त घटनाले उहाँको टाउकोमा गहिरो चोट लागेकाले १२ टाँका लगाउनु परेको अस्पाताल स्रोतले जनाएको छ । हाल उहाँ सैनिक अस्पतालमा उपचाररत हुनुहुन्छ ।

उक्त समयमा सभापति देउवाको निवासभित्र प्रवेश गरेका जेन–जी आन्दोलनकारीहरुले देउवा दम्पतीमाथि कुटपिट गर्दै लछारपछार पारी घाईते पारेका थिए । आक्रमणकारीले देउवामाथी धारिलो हतियार प्रहार गरेपछी गर्दनभन्दा माथि र तल गहिरो चोट लागेको उहाँ उपचारमा संलग्न सहयोगीहरुले बताएका छन् ।

शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार “सुरुमा हामी निकै आत्तियौं, तर अहिले दुवैजनाको स्वास्थ्य सुधार हुँदै गएको छ।”

बैठकले सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणामाथि भएको आक्रमणलाई “अमानवीय र बर्बर” भन्दै कडा शब्दमा निन्दा गरेको छ। साथै, उनीहरूको घरमा गरिएको आगजनीको समेत भर्त्सना गरिएको छ। तर जेनजी आन्दोलन कै प्रदर्शकारीले उहाँहरुमाथी आक्रमण भएतापनि जेनजी समुहभन्दा बाहिरका अन्य व्यक्तिहरु घुसपैठ भई आक्रमण गरिएको हुन सक्ने आशंका गरिएको छ ।

डाक्टरको परामर्श अनुसार देउवा केही दिन अस्पतालमै बस्नु पर्ने भएको छ। कांग्रेस नेतृत्वले भने छिट्टै पूर्ण स्वास्थ्य लाभ हुने विश्वास व्यक्त गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस