आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

जुम्लाको हिमा गाउँमा भालुको आतंक,आक्रमणबाट दुई जना घाइते

२०८२ आश्विन ५, आईतबार मा प्रकाशित ( ५ महिना अघि) ४५२७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

जुम्ला -५ असोज ।

जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। हिमा गाउँपालिका –५ बाझगाडको भित्र वन भन्ने जंगलमा गाईबस्तु चराउन भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन्।

आक्रमणमा परि हिमा –५ का ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते भएका छन् भने सोही गाउँकै ३५ वर्षीया गणेश रोकाया सामान्य घाइते भएको स्थानीय बासीले बताएका छन्।

घाईतेलाई अहिले प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको छ।

स्थानीयवासीका अनुसार बुधबार बिहान गाईबस्तु चराउँदै गर्दा अचानक भालुले आक्रमण गरेको हो। आक्रमणको क्रममा गाई गोरु र भेडालाई पनि मारेको स्थानीयले बताएका छन्।

उक्त गाउँ लाई नै यतिवेला त्रसित बनाएको छ। वन क्षेत्र नजिकै गाउँ भएकाले यस्ता घटना बढिरहेको भन्दै स्थानीयले तत्काल नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस