आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

नारायणगढ–मुग्लिङ सडक ठूलो परिणाममा खसेको पहिरोले बन्द

२०८२ आश्विन ७, मंगलबार मा प्रकाशित ( ५ महिना अघि) ६९७६ पटक पढिएको
नारी बाटिका


वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

बिबियु,नारी वाटिका संवाददाता

चितवन- ७ असोज ।

नारायणगढ–मुग्लिङ सडक खण्डमा आज पनि ठूलो परिणाममा सुख्खा पहिरो खसेको छ । निरनतर खसेको उक्त पहिरोका कारण सडक पुर्ण रूपमा बन्द भएको छ। साथै उक्त क्षेत्रमा तत्काल सडक खुल्ने सम्भावना नदेखिएकाले सवारीसाधनधनी, यात्रु तथा सम्बन्धित संघसंस्थालाई वैकल्पिक मार्ग प्रयोग गर्न चितवन प्रहरीले आग्रह गरिएको हो।

तुईन खोला नजिकै दिनहुँ जस्तो खसेको पहिरोका कारण यात्रामा जाखिम बड्रदै गएको छ भने प्रहरीले सवारी सात्रनहरुलाई वैकल्पिक मार्गको रूपमा बर्दिवास, हेटौंडा, बुटवल, कावासोती, गैंडाकोट, नौविसे र खैरेनीटार हुँदै यात्रा गर्न अनुरोध गरिएको छ।

साथै यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न र आवश्यकता परेमा ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीबाट सहयोग लिन समेत अनुरोध गरिएको छ।

यद्यपि नेपाल प्रहरी,ट्राफिक प्रहरी,स्थानीय तह लगायतका सुरक्षाका टोलिले सडक खुलाउने प्रयास जारी रहेको र पुनः खुला भएपछि थप जानकारी गराइने जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ। थप जानकारीका लागि प्रहरी तथा प्रशासनका सूचना अधिकारीसँग सम्पर्क गर्न सकिने बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस