आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

सरकारले गृह मन्त्रालयको प्रशासनमा नेतृत्व फेर बदल गरियो

२०८२ आश्विन ८, बुधबार मा प्रकाशित ( ५ महिना अघि) ५९८४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

काठमाडौं -८ असोज ।

प्रधानमन्त्री सुशीला काकीको नेतृत्वमा रहेको सरकारले गृह मन्त्रालयको प्रशासनिक नेतृत्व(सचिव)मा फेर बदल गरेको छ ।

मंगलबार फेर बदल गरिएको गृह्र प्रशासनमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई ल्याएको हो । दंगाल निजामती प्रशासनमा स्वच्छ र निर्भिक छवि भएका प्रशासकका रुपमा परिचित रहेकोले उहाँलाई गृह्रमन्त्रालयमा सरुवा गरिएको भनाई छ।

मुलकमा जेनजी पुस्ताले गरेका आन्दोलनमा सबैभन्दा मार खेपेका नेपाल प्रहरी प्रशासनको मनोबल उच्च बनाई ध्वस्त भएका सयौैं प्रहरी सम्रचना र प्रशासन कार्यालयहरु पुनर्निर्माण गर्नुपर्ने तथा मुलुकको समग्र शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्नुपर्ने गृह्र मन्त्रालयको थप चुनौति भने सचिव दंगाललाई थपिएको छ ।

यसैगरी सान्त र काममा दक्ष भनी चिनिएका यसअघिका गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरिएको छ । योजना आयोगका सचिव सुमन अर्याललाई रक्षा मन्त्रालयमा लगिएको छ । यस्तै अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा लगिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस