आज: २०८२ आश्विन १६, बिहिबार | Thu, 02, Oct, 2025

फरार १३३ कैदी–बन्दीलाई धादिङ प्रहरीद्वारा पक्राउ गरी सम्वन्धित कारागारमा पठाईयो

२०८२ आश्विन ११, शनिबार मा प्रकाशित ( ५ दिन अघि) २२६४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
धादिङ -११ असोज ।

जेनजी आन्दोलनको मौका छोपेर विभिन्न कारागारबाट भागेका कैदी–बन्दीहरु मध्यका १ सय ३३ जनालाई धादिङ प्रहरीले पक्राउ गरी पुनः सम्बन्धित कारागारमा पठाएको छ ।

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार,नख्ख नारागार,भिमफेदी नारागार र पोखरा कारागारबाट भागेका कैदीबन्दीहरु मध्यका धादिङ जिल्लाभित्र लुकेर बसेका तथा धादिङ हुँदै अन्य जिल्ला तर्फ प्रवेश गर्न लागेका १३३ जना कैदी–बन्दीलाई जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालको नेतृत्वमा खटिएको सुरक्षाको टोलीले आज नियन्त्रणमा लिएको हो ।

एसपी रिजालका अनुसार चाडपर्वका नजिकिँदै गर्दा हाज समाजमा छाएको भयवित अवस्थालाई मध्यनजर गरी अपरेशन चलाइएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो–जेनजी आन्दोलनकै बीचमा पनि धादिङलाई सुरक्षित राख्न सफल भएका छौँ । नेपालीहरुको महान चाडमा त्रास सिर्जना नहोस् भनेर विशेष सुरक्षा योजना लागू गरेका छौँ ।

धादिङ हुँदै काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने यात्रुहरूको सुरक्षामा प्रहरी थप संवेदनशील भएको एसपी रिजालको भनाई छ । कैदीबन्दी नियन्त्रण गर्ने मात्र नभएर यात्रुको मनोबल उच्च बनाउन हाम्रो प्राथमिकता हो, हाँले भन्नु भयो ।

यसैगरी अन्य फरार रहेका कैदीहरूको पनि तिब्र रुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुरक्षा संवेदनशील बनेको कारण समाजमा सशक्त प्रहरी उपस्थिति र स्थानीय सहकार्यबाट अरू फरारलाई पनि चाँडै नियन्त्रणमा लिने बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस