आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

भारी वर्षा र पहिरोको जोखिम प्रमुख राजमार्गमा यात्रा नगर्न आग्रह

२०८२ आश्विन १८, शनिबार मा प्रकाशित ( ३ हफ्ता अघि) ३२५६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -१८ असोज ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशभर मनसुन सक्रिय भई अत्यधिक वर्षा हुने पूर्वानुमान जारी गरेसंगै सडक विभाग,विपत् प्राधिकरण लगायतले पहिरोको उच्च जोखिम रहेका सडकखण्डहरूमा अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेका छन्।

विशेष गरी नागढुंगा–मुग्लिङ, मुग्लिङ–नारायणगढ, बी(पी( राजमार्ग, अरनिको राजमार्ग, गल्छी–स्याफ्रुबेसी–रसुवागढी,त्रिभुवन राजपथ, र नारायणगढ–बुटवल सडकको दाउन्ने सडक खण्डल गायत स्थानहरूमा बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रा नगर्न पनिसूचित गरिएको हो।

साथै सडक अबरुद्ध भएमा तुरुन्त पहिरो हटाउने तयारी गरिएको सडक विभागले जनाएको छ। यसका साथै सडक अबरुद्धको जानकारीका लागि सडक विभागको कन्ट्रोल रुमको टोल फ्री नम्बर ९८५१४१६८९३ फोन गर्ने वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस