आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

धादिङको त्रिपुरासुन्दरीमा छोराले आफ्नी आमाको विवत्स रुपमा हत्या

२०८२ आश्विन २०, सोमबार मा प्रकाशित ( २ हफ्ता अघि) ३५३५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२० असोज ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीमा छोराले आफ्नी आमाको विवत्स रुपमा हत्या गरेका छन् ।

आइतबार राति करिब ९ बजे गोपबहादुर कडेलका ३० वर्षीय छोरा यमबहादुर कडेलले ६३ वर्षीया आफ्नी आमा राममाया कडेलमाथि खुँडा प्रयोगबाट शरीर दुई टुकुरा पारी आमाको विवत्स रुपमा हत्या गरेका हुन्।

घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी चौकी सल्यानकोटबाट प्रहरी सहायक निरीक्षक दिनेश खड्काको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले घटनास्थलमै छोरालाई हतियारसहित नियन्त्रणमा लिएको छ।

उक्त घटनामा जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी तथा डिएपी प्रकाश दाहालको नेतृत्वमा विवरण संकलनको लागी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसान गर्नु भएको थियो । साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको सुचना अधिकारी दाहालले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस