आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

धादिङ प्रहरीद्वारा फरार १३७ कैदीबन्दी पक्राउ गरी सम्बन्धित कारागारमा बुझााइयो

२०८२ आश्विन २१, मंगलबार मा प्रकाशित ( ५ महिना अघि) ६२०१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ २१ असोज ।

जेनजी आन्दोलनको मौका छोपेर कारागार तोडफोड गरी फरार रभएका कैदीबन्दीहरु मध्य धादिङ प्रहरीले १३७ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको छ।
प्रहरीले असोज १३ गतेदेखि १९ गतेसम्म विभिन्न स्थानमा गरेको अपरेसनमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक भेषराज रिजालका अनुसार पक्राउ परेकाहरुमध्ये ३४ जना इलाम, ३४ जना झापा, ३४ जना मोरङ र ३५ जना सुनसरी जिल्लाबाट पक्राउ परेका हुन्। पक्राउ परेका सबैलाई सम्बन्धित जिल्ला कारागारमा बुझाइएको प्रहरी उपरिक्षक रिजालले बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस