आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

काठमाडौँको सुरक्षामा सतर्कता अपनाउन थालियो

२०८२ आश्विन २१, मंगलबार मा प्रकाशित ( ५ महिना अघि) ५२७१ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२१ असोज।

आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जेनजी अगुवा सुदन गुरुङ नेतृत्वको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध फौजदारी जाहेरी दर्ताको माग गर्दै काठमाडौँ प्रहरीमाथि दबाब दिएका छन्। सोमबार भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुगेर सुदनका समूहले गरेका अनौपचारिक संवादपछि प्रहरीले उपत्यकामा उच्च सतर्कता अपनाएको हो।

प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नु भएको छ । यद्यपि उहाँहरु विरुद्ध कुनै ठोस निर्णय भने नभई सकेको बताइएको छ।

साथै अख्तियार प्रमुख प्रेम कुमार राईमाथि पनि कारबाहीको माग गर्दै जेनजी समूहले टंगालस्थित अख्तियार घेराउने तयारी गरेपछि त्यहाँ पनि सुरक्षा बढाइएको बताईएको छ।

पहिल्लो समय देशको राजधानी काठमाडौलाई केन्द्र विन्दु बनायर जेनजीको नाउँमा गरिएको आन्दालने राष्ट्रको खरबौं सम्पत्तीको क्षति भैइसकेको अवस्था छ । सोही परिस्थितीलाई मध्यनजर गरी प्रहरीलाई ‘हाई अलर्ट’मा राखिएको छ भने माइतिघर लगायत स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस