आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी आयोगमा

२०८२ आश्विन २१, मंगलबार मा प्रकाशित ( २ हफ्ता अघि) १९२३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२१ असोज ।

‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘परिसरले घटना सम्बन्धी जाँचबुझ आयोग २०८२’ मा पठाएको छ।

आज मृतक मध्येका चाररपाँच जना परिवारले दोषीहरूलाई कारबाही गर्न माग गर्दै दिएको जाहेरी दर्ताका लागी प्रहरी परिसरमा गएका थिए । प्रहरी परिसर काठमाडौंका उपरीक्षक पवन भट्टराईका अनुसार उक्त जाहेरीहरू आयोगमा पठाइएको जानकारी दिनु भयो।

छानविन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले उजुरी आयोगमा आइपुगेको र त्यसको अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताउनु भएको छ ।
गृह मन्त्रालयद्वारा असोज ९ मा एक विज्ञप्ति जारी गरी आन्दोलनका क्रममामा भएका घटनाहरूको छानबिनका लागि आयोगलाई जिम्मेवारी दिइएको उल्लेख गरेको थियो। आयोगलाई भौतिक तथा मानवीय क्षतिसम्बन्धी सूचना वा निवेदन संकलन र विश्लेषण गरी कारबाहीका सम्बन्धमा राय सिफारिस गर्ने कार्यादेश दिइएको हो।

जेनजी प्रदर्शनमा भएको काठमाडौँ लगायत देशभरमा भएका घटनाको यथार्थ छानबिन गरी प्रतिवेदन तयार पारी आवश्यक प्रक्रिया अघि बढाउनका लागी आयोग गठन गरिएको हो। आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम सुरु गरिसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस