आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

२०८२ आश्विन २७, सोमबार मा प्रकाशित ( ४ महिना अघि) ४४०३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ– २६ असोज ।

ो सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ।

भदौ २३ र २४ मा जेनजी आन्दोलनले ध्वस्थ पारेको देशकै मुख्य न्यायलय मानिएको सर्वोच्च अदालतमा सोही घटनायता सेवा प्रक्रियामा ठप्प जस्तै भएको अवस्था थियो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट)ले यही असोज २८ गतेदेखि दर्ता एवं सुनुवाइ हुने निर्णय गरेको हो।

“यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने भएको छ ।

आईतबार सर्वोच्च अदालतबाट जारी सूचनामा सो उल्लेख गरिएको छ, “यससंगै सर्वोच्चका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौं जिल्ला अदालतसहित सर्वोच्च अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटको कारण निकै क्षति भएकोले अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो।

त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर केही मात्रामा सेवा दिइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस