आज: २०८२ आश्विन २७, सोमबार | Mon, 13, Oct, 2025

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

२०८२ आश्विन २७, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) ८३८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

महोत्तरी– २६ असोज ।
भदौ २४ को जेनजी आन्दोलनको मौका छोपेर महोत्तरी जिल्ला जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने भएको छ।

कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै सो कारागारबाट भागेका सबै ५७६ कैदीबन्दीलाई यही असोज २० सम्म फर्कि आउन अनुरोध गरेकामा नौ भारतीयसहित २८१ जना कैदीहरु फर्केर आइसकेका छन् । तरपनि अझै २९५ कैदीबन्दी आउन बाँकी रहेको बताएको छ।

कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार तोकिएको अवधिभित्र फर्कि नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने बताईएको छ ।

यसका साथै कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने घरका व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही कारागारद्वारा जारी सूचनामा उल्लेख छ । गत भदौ २४ गते राति जलेश्वर कारागारमा रहेका ४० भारतीयसहित ५७६ कैदीबन्दी फरार भएका हुन् ।

जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी सोही कारागार फर्काईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस