आज: २०८२ आश्विन २७, सोमबार | Mon, 13, Oct, 2025

विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयको भनाई

२०८२ आश्विन २७, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

२७ असोज ।

परराष्ट्र मन्त्रालयले हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ ।

इजरायली सेना (आइडिएफ)ले इजरायलस्थित नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी सहितको आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे भर्चुअल बैठक गरेको थियो ।

सोही बैठकमा इजरायली सेनाले आज रिहा हुने बन्दीहरुको सुचिमा जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायल र हमासबीच २०२३ अक्टोबर ७ तारिक देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणको आज बन्दी आदान–प्रदान गरिएको हो । सोही मितिदेखि हमासको कब्जामा रहेका इजरायलमा ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने उनका परिवारले सोचेका र्थिए ।

तर हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने जनाएको छ । आशा गरौं विपिन जोशीलाई जिवितै नेपाल फर्काउन सकियोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस