आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

देउवा निवासबाट शंखसहित चोर्ने लुटेरा समुहका एकजना पक्राउ

२०८२ आश्विन ३०, बिहिबार मा प्रकाशित ( १ हफ्ता अघि) २५४३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -३० असोज ।

भदौ २३,२४ मा भएको जेनजी आन्दोलनको मौका छोपेर नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथी भएको आक्रमणको क्रममा बूढानीलकण्ठस्थित उहाँको निजी निवासबाट विभिन्न मालसामान चोरी गर्ने लुटेरा समुहमध्यका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका (६ टाँडी घर भएका २९ वर्षीय विजय लामा रहेका छन्। आन्दोलन भएको करिव १ महिनाको अन्तरालपछी महानगरीय प्रहरी परिसर काठमाडौँले लामालाई पेप्सीकोलाबाट पक्राउ गरेको हो।

लामा कै डेरामा गरिएको प्रहरीले खानतलासीका क्रममा चोरी भएको बुद्ध मूर्तिसहित गणेशको मूर्ति र एउटा शंख पनि बरामद भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेकाको प्रारम्भिक अनुसन्धानबाट खुले अनुसार, लामाले गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा देउवाको घरबाट यि सामानहरु लुटेको आशंका गरिएको हो।

जेनजी समुहले विभिन्न माग राखी भएको आन्दोलनका क्रममा युवाहरूको हुलले देउवा निवास जलाएको थियो । साथै सोही समयमा देउवा दम्पतिमाथि समेत कुटपटि साथै हमला गरिएको थियो।

पक्राउ परेका लामालाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस