
नारी बाटिका

बिवियु,नारी वाटिका संवाददाता
धादिङ- ३० असोज ।
धादिङ उद्योग बाणिज्य संघले पत्रकारहरुकाबिचमा बिहिबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । नजिकिदै गएको दिपावली र छठ पर्वको अबसर पारेर जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागितामा संघले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
संघका अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो । संघका सचिव रमेश विकले संन्चालन गर्नु भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष रुद्धवहादुर खत्री,पत्रकार महासंघ धादिङका पुव अध्यक्ष राजाराम शर्मा,अध्यक्ष सीताराम अधिाकारी, महासंघ सचिव तथा प्रेस युनियन धादिङका अध्यक्ष सन्तोश श्रेष्ठ, नारी वाटिका डट्कमका संवाददाता भगवती भण्डारी,उप्रेती,.
त्रिकोण खबरका ईश्वर थापामगर,पैरवी अनलाईनका गर्भे मिजार,पत्रका अशोक श्रेष्ठ,जनजाती पत्रकार अर्जुन श्रेष्ठ,रेडियो विहानी,दिव्यदर्शन टेलिभिजन,पत्रकार मनिश श्रेष्ठ,अनिल नेपाली लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। 
कार्यक्रममा विभिन्न मिडियाका प्रतिनिधिहरुले आ—आफ्नो तर्फवाट धादिङ उद्योग बाण्ज्यि संघको आगमी रणनितिक योजना,व्यवशायीको प्रवर्दन,लक्ष उदेस्यका जिज्ञासा राखेका थिए। सो अवसरमा वोल्ने अधिकांस वक्ताहरुले चाडवार्ड लगायतका समयमा जिल्ला अनुगमन टोलीले बजार अनुगमन गर्दा उद्योग बाणिज्य संघलाई जानकारी तथा सहभागीता नगराएकोमा आपत्ति जनाइएको थियो ।

साथै नियम विपरित कार्य गरी उपभोत्ता ठगी गर्ने व्यवशायीहरु विरुद्ध संघसमेतको सहभागितामा बजार अनुगमन गरी कडाइ गरिनु पर्ने,मदिरा जन्य बस्तुको विक्रि वितरणमा समय सिमा राख्नु पर्ने, कुरालाई जोड दिएका थिए ।
कार्यक्रमका अवसरमा संघका कार्यक्रम अधिकृत रमेश अधिकारीले संघको आगमी लक्ष उदेस्यको बारेमा जानकारी गराउनु भएको थियो ।
संघका अध्यक्ष डल्लाकोटीले जिल्लाका नागरिक समाज,सन्चार क्षेत्रहरुबिचको सहकार्यमा संघमा आवद्ध उद्योग व्यवशायीको हितमा आफुले विभिन्न कदम चाल्दै आएको र आगमी दिनमा पनि पशुपालन,उद्योग व्यवशाय संन्चालन र प्रवद्धनमा संघले कार्ययोजना तयार गरी विशेष कार्य गर्ने बताउनु भएको छ । 
उहाँले जिल्लामा राज्यका स्थानीय तह,घरेलु विकास कार्यलय,जिल्ला प्रशासन कार्यलय लगायतको सहभागिता हुने वजार अनुगमनका नाममा उद्योग व्यवशायीहरुलाई अनावश्यक दुखी दिने र कारबाही गरी जरीवाना तिराउने कार्य भएको प्रति आपत्ति समेत जनाउनु भएको छ ।
साथै पटक पटक सुझाव दिेँदा पनि अटेर गरी नियम अनुसार नचल्ने र उपभोत्ताहरुलाई ठगी गर्ने व्यवशायीहरुमाथी संघले पनि छुट नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका कार्यसमितिका विभिन्न पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया दिनुहोस