आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

भक्तपुर ७ राउन्ड गोलीसहित एक जना पक्राउ

२०८२ आश्विन ३१, शुक्रबार मा प्रकाशित ( १ हफ्ता अघि) १७०६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

भक्तपुर- ३१ असोज।

भक्तपुरबाट ७ राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार ७ राउन्ड गोलीसहित एकजनालाई पक्राउ गरिएको जनाएको छ ।

यसरी पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ का ४० वर्षीय गोपाल विक रहेका छन् । विकलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका उनको साथबाट ५६ के एफ १३ उल्लेख लाइभ राउन्ड फेला परेको हो ।

विकलाई भक्तपुर जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर उक्त गोली जेन–जी आन्दोलनका क्रममा लुटिएका हुन् वा होइनन् भन्नेमा यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस