आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

व्यवशायीले मनलाग्दीमा सुन बिक्री गरेको भेटिएपछी प्रहरीको छापा,स्थिति तनावग्रस्त चलायो गोली

२०८२ कार्तिक १, शनिबार मा प्रकाशित ( १ हफ्ता अघि) २०१६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

जनकपुर- १ कार्तिक ।

जनकपुरको सोनारपट्टीस्थितमा सुन चाँदी व्यवशायीहरुले विना बिल मनलाग्दीमा सुन बिक्री गरेको भेटिएपछी प्रहरीले छापा मार्दा स्थिति तनावग्रस्त बनेको छ ।

सुन चाँदी पसलमा बिल(बिनाको मनलाग्दी रुपमा सुनचाँदी कारोबार भएकोे प्रहरीले जानकारी पाएपछी छापा मार्दा स्थित तनावपुर्ण भएको हो । उक्त क्षेत्रका केही सुन चाँदी पसलमा प्रहरीले छापा मार्ने क्रममा सुनचाँदी व्यवशायीहरूले अवरोध सिर्जना गरेपछि स्थिति तनावग्रस्त भएसंगै गोली समेत चलाउन परेको थियो ।

प्रहरीले छापा मार्ने क्रममा व्यापारीहरूले प्रहरीमाथि घेरा हालेर अवरोध गरेपछि सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि हवाई फायर गरेका थिए । । यद्यपि, कति राउन्ड गोली चलाइएको हो भन्ने विषयमा विस्तृत विवरण बाहिरिएको छैन।

घटनापछि प्रहरीले त्यस क्षेत्रका केही पसलबाट केही सामान बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस