आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

धादिङ ससाहमा बसले मोटरसाईकललाई ठक्कर दिँदा रामकोटकी एक गर्भवती महिला गम्भीर घाईते

२०८२ कार्तिक ७, शुक्रबार मा प्रकाशित ( १६ घण्टा अघि) २६६७ पटक पढिएको
नारी बाटिका


उपचारको लागी हेलीकप्टर मार्फत काठमाडौ पठाइयो

बिवियु ,नारी वाटिका संवाददाता

धादिङ ७ कार्तिक ।

धादिङ जिल्लाको ससाहस्थितमा बसले मोटरसाईकललाई ठक्कर दिई भएको दुर्घटनामा एक गर्भवती महिला गम्भीर घाईते भएकी छिन् ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा आज दिउँसो अ.बाह्र बजेतिर बा.४ ख ५७५८ नंम्वरको बस र मोटरसाइकल ठोक्किदाँ निलकण्ठ नगरपालिका ८ रामकोटकी एक २१ वर्षीय गर्भवती महिला गम्भीर घाईते भएकी हुन् ।

दुर्घटनामा परी गम्भीर घाईते महिलालाई उपचारको लागी हेलीकप्टर मार्फत काठमाडौ पठाईएको छ । दुर्घटनामा घाईते भएकी निज गर्भवती महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रवत्ता एवं् सुचना अधिकारी प्रकाश दाहालले जानकारी दिनु भयो ।

दुर्घटनाको सम्वन्धमा थप विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस