आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

रुकुम पश्चिममा यात्रु वाहक जीप दुर्घटनामा परी आठ जनाको मृत्यु, १० घाइते

२०८२ कार्तिक ८, शनिबार मा प्रकाशित ( ३ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

रुकुम पश्चिम- ८ कार्तिक । ।

रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

सुक्रबार साँझ खलङ्गा सदरमुकामबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो । सो दुर्घटनामा सात जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य १० जना यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली र पहिचान नखुलेको दुई जना गरी आठ जनाको मृत्यु भएको हो अन्य १० जना घाइते भएका छन् ।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले ल्याएको छ । जीप सडकदेखि ७०० मिटर तल खसेको छ । दुर्घटनाको सम्वन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस