आज: २०८२ कार्तिक ८, शनिबार | Sat, 25, Oct, 2025

छठ पर्वको तयारीमा तराईका बजारमा पुजाका सामग्री किन्नेको घुइँचो

२०८२ कार्तिक ८, शनिबार मा प्रकाशित ( २ घण्टा अघि) ६२१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

सिरहा -८ कार्तिक ।

नेपालको विशेषगरी तराई भागमा मनाईने मुख्य चाड छठी पर्वको रौनक सुरु भैइसकेको छ । कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठपर्व नजिकिँदै छ । उक्त पर्वको पुर्व तयारीका रुपमा सिरहासहित मधेस प्रदेशका विभिन्न स्थानका स्थानीय बजारमा किनमेल गर्नेको भिड लागेको छ।

यतिवेला तराई क्षेत्रको बजारमा बिहानदेखि नै छठ पूजाका सामग्री किन्ने भक्तजनहरूको ठूलो भीड लागेको छ। छठी पुजाका लागी बाँस, माटो, फलफूल र हरियो तरकारीसहितका सामान खरिद गर्न आएका श्रद्धालुहरूका कारण बजार दिनभरै खचाखच भएको स्थानीयहरु बताउँछन्।

छठपर्वका लागि आवश्यक बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, माटोको दियो लगायत सामग्रीका साथै केरा, नरिवल, उखु, भोगटे, हरियो बोडी, मुला, अदुवाको बोट र अन्य पूजा सामग्रीहरु खरिद बिक्री उल्लेखनीय रुपमा भएको व्यवशायीहरु बताउँछन्।

सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाहीलगायत जिल्लाहरूमा अहिले छठपर्वको रौनकले बजारहरू रङ्गीन वस्तु, पूजा सामग्रीहरूले सजिएका छन् भने नदीघाट,तलाउ र पोखरीहरूमा व्रतालुले घाट सफा गर्ने र सजावटको काम भैरहेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस