आज: २०८२ कार्तिक १७, सोमबार | Mon, 03, Nov, 2025

मौसममा उल्लेख्य सुधार, आइतवार थप सुधार हुने

२०८२ कार्तिक १६, आईतबार मा प्रकाशित ( १ दिन अघि) १२७२ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता
धादिङ- १६ कार्तिक ।

जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आजदेखी थप मौसममा सुधार हुने जनाएको छ ।

१३ गतेदेखी सुरु भएको वर्षा शनिबारबाट हल्कादेखि मध्याम वर्षा भएपनि दिउँसो अपराह्नदेखी बिस्तारै खुलेको थियो । साथै साँझदेखी देशका धेरै स्थानमा मौसम सुधार भई वर्षा रोकिने सम्भावना देखिएको थियो ।

विगत चार दिनदेखी बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव नेपालमा हटे पनि हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कायम गएसाति देशका धेरै ठाउँमा वर्षा भएको छ।

यो अवस्था सुधार हुने क्रम जारी रहेको र आइतवार भने शनिबारको तुलनामा धेरै नै सुधार हुने विभागको भनाइ छ ।

विगत चार दिनदेखीको मोन्था चक्रवातको प्रणालीमा अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा ठूलो क्षेत्रको धानबालीमा क्षति पुगेका छ।

यसैगरी देशका हिमाली क्षेत्रमा, भएको भारी हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा नराम्ररी प्रभावित भएको छ। नेपालमा यही कात्तिक १३ गतेदेखि वर्षाले जनजीवन प्रभावित भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस