
नारी बाटिका
बिवियु,नारी वाटिका संवाददाता
धादिङ- १६ कार्तिक ।
जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आजदेखी थप मौसममा सुधार हुने जनाएको छ ।
१३ गतेदेखी सुरु भएको वर्षा शनिबारबाट हल्कादेखि मध्याम वर्षा भएपनि दिउँसो अपराह्नदेखी बिस्तारै खुलेको थियो । साथै साँझदेखी देशका धेरै स्थानमा मौसम सुधार भई वर्षा रोकिने सम्भावना देखिएको थियो ।
विगत चार दिनदेखी बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव नेपालमा हटे पनि हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कायम गएसाति देशका धेरै ठाउँमा वर्षा भएको छ।
यो अवस्था सुधार हुने क्रम जारी रहेको र आइतवार भने शनिबारको तुलनामा धेरै नै सुधार हुने विभागको भनाइ छ ।
विगत चार दिनदेखीको मोन्था चक्रवातको प्रणालीमा अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा ठूलो क्षेत्रको धानबालीमा क्षति पुगेका छ।
यसैगरी देशका हिमाली क्षेत्रमा, भएको भारी हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा नराम्ररी प्रभावित भएको छ। नेपालमा यही कात्तिक १३ गतेदेखि वर्षाले जनजीवन प्रभावित भएको छ।







प्रतिक्रिया दिनुहोस