
नारी बाटिका
बिवियु,नारी वाटिका संवाददाता
बागमती -१६ कार्तिक ।
हेटौँडा -काठमाडौँ जोड्ने सडक केही बेरअघिदेखी एकातर्फी खुलेको छ ।
हेटौँडा -काठमाडौँ यात्राको लागी सबैभन्दा छोँटो दुरीको हेटौँडा- कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अविरल परेको वर्षाले शनिबार साँझ पहिरो खसेपछी दुबै तर्फको सडक अवरुद्ध भएको हो ।
बिहिबारदेखी परेको अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझदेखि सडक अवरुद्ध भएको थियो । निरनतर प्रयासमा पहिरो पन्छाउने काम भएसंगै आज करिव ६ बजेदेखी एकतर्फी रुपमा यातायात संन्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनु भयो ।
बिहीवारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीको भनाई छ । प्रहरीको अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौँ जाने सयौं सवारीसाधनहरु बीचबाटोमै रोकिएका थिए।
प्रहरीका अनुसार दुबै तर्फी सडक संचालनका लागी पहिरो पन्छाउने कार्य भइरहेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस