आज: २०८२ कार्तिक १७, सोमबार | Mon, 03, Nov, 2025

पश्चिमी वायुको प्रभावले आज पनि यी स्थानमा वर्षा

२०८२ कार्तिक १७, सोमबार मा प्रकाशित ( ७ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


धादिङ- १७ कार्तिक ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको अवस्था छ । जसको प्रभावले आज देशको केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागकाअनुसार शोमबार देशका पहाडी भूभागमा आशिंक बदली रहनेछ। साथै धेरैजसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

केही दिनअघि बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का नेपालमा वर्षा हुँदा गत शनिबारसम्म जनजीवन प्रभावित भएको थियो। उक्त समयमा १८५ वटा वर्षा मापन केन्द्रले उल्लेख्य मात्रामा वर्षा भएको राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यववस्थापन प्राधिकरणले विवरण सार्वजनिक गरेको थियो।

सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१(१ मिलिमिटर वर्षा भएको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस