
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -१७ कार्तिक ।
राहदानी विभागले दैनिक एक हजारको संख्यामा राहदानी वितरण गर्ने भएको छ।
विभागले आइतबार साँझदेखि दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने एक सुचना प्रकाशित गरी जानकारी गराएको हो। उक्त प्रयोजनका लागी विद्युतीय राहदानी आपूर्ति गर्न नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको थियो ।
सोही सम्झौता अनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु गर्ने गरी नयाँ पूर्वाधार निर्माण भइरहेको आज एक जारी विज्ञप्तिमा उल्लेख गरेको छ।
हालको आपूर्तिकर्ता र नयाँ आपूर्तिकर्ताबीच हुने (ह्याण्डओभर र टेकओभर) तथा सीमित राहदानी पुस्तिकाको सङ्ख्याले सेवाग्राहीको उच्च मागलाई धान्न सकिएको थिएन।
फागुन ११ गतेभन्दा यताको अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको विभागले जनाएको छ । विभागले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन दिन विज्ञप्ति मार्फत सबैलाई आग्रह गरेको छ।
दिनानु दिन बढीरहेको नेपालबाट वैदेशिक रोजगारीमा जानको लागी युवाहरुको संख्या उच्च हुने हुंदा राहदानी लिनका थुप्रै समय(दिन कुरेर बस्न विभिन्न कारणले समस्या पर्ने भएकोले कतिपयले बिचौलिया (अनधिकृत व्यक्ति)को भर परेर राहदानी लिंदा सयौं व्यक्तिहरु ठगिने गरेका छन् ।
विभागले भनेको छ त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन सबैमा विभागले ध्यानाकर्षण गराएको छ।







प्रतिक्रिया दिनुहोस