आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

डा.निकोसल (कमल) भुसाल गोरखा प्रहरीको नियन्त्रणमा

२०८२ कार्तिक १८, मंगलबार मा प्रकाशित ( १ हफ्ता अघि) १७६८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

गोरखा- १८ कार्तिक।

सामाजिक सञ्जाल मार्फत अमर्यादित र अभद्र अभिव्यक्ति दिएपछी जेनजी नेता डा.निकोस भुसाल (कमल भुसाल)लाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा प्रहरीको सहकार्यमा गोरखा नगरपालिका–८,रानीवनस्थित सरस्वती आश्रमबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो भुसाललाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालय उपत्यका प्रहरी स्रोतका अनुसार, उनले पटक पटक सामाजिक सञ्जालमा व्यक्त गरेका केही अभिव्यक्तिले व्यक्तिगत तथा देशको मर्यादामाथि प्रहार गर्ने, सामुदायिक सौहार्द र सार्वजनिक मर्यादालाई आघात पुर्‍याउने खालका रहेको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

गोरखा प्रहरीले आज उनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै भनेको छ, “उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुरोधमा हामीले आवश्यक समन्वय गरेर डा. भुसाललाई नियन्त्रणमा लिएका हौं,” जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले बताउनु भयो।

प्रहरीका अनुसार उनलाई काठमाडौं ल्याएर इलेक्ट्रोनिक सञ्चारसम्बन्धी अपराध (साइबर क्राइम) अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइनेछ।डा.भुसालले पछिल्ला समयमा सामाजिक सञ्जाल मार्फत राजनीतिक, धार्मिक र सामाजिक विषयमा दिएका केही अभिव्यक्तिहरू विवादास्पद बनेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस