आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

आजको मौसम ; दुई प्रदेशमा वर्षा र हिमपात

२०८२ कार्तिक २१, शुक्रबार मा प्रकाशित ( १ हफ्ता अघि) १३६५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -२१ कार्तिक ।

हाल देशभर खासै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तर कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा भने हल्का वर्षासहितको हिमपात हुने सम्भावना छ ।

यस्तै आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस