आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

अबदेखी प्यान कार्ड पनि स्थानीय तहबाटै प्राप्त गर्न सकिने

२०८२ कार्तिक २१, शुक्रबार मा प्रकाशित ( ३ महिना अघि) ३२८७ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका संवाददाता
धादिङ -२० कार्तिक ।

सरकारको सिफारिसमा आन्तरिक राजस्व विभाग अन्तर्गतका ३९ वटा करदाता सेवा कार्यालय खारेज गरिएको छ । बिहिबार विभागले यी कार्यालयका जिम्मेवारी अन्य निकायमा पुनः बाँडफाँट गरिएको जानकारी गराएको हो ।

विभागका अनुसार स्थायी लेखा नम्बर प्रमाण पत्र जारी गर्ने लगायतका मुख्य सेवा अब सम्बन्धित स्थानीय तहबाट प्राप्त गर्न सकिने भएको छ। तर स्थानीय तहमा नयाँ व्यवस्था अनुसार कार्यान्वयन हुन समय लाग्ने भएमा यस सेवाहरू हालका सम्बन्धित जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत पनि सेवा प्राप्त गर्न सकिने छ ।

तर धेरैजसो करका कामहरु — कर भुक्तानी, करचुक्ता प्रमाणपत्र—अनलाइन प्रणाली मार्फत नै उपलब्ध हुने विभागले जनाएको छ। करदाताको पहुँच सजिलो बनाउन र सेवा निजकबाट जनमुखी बनाउँदै सेवा प्रवाहलाई प्रविधिमैत्री र विकेन्द्रीकृत गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको विभागले बताएको छ।

यद्यपि वैकल्पिक संरचना पूर्ण रूपमा कार्यान्वयन नआउँदासम्म हालका करदाता सेवा कार्यालयबाटै सेवा संचालन जारी रहने विभागले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस