
नारी बाटिका
नारी वाटिका संवाददाता
काभ्रे -२२ कार्तिक ।
सरकारको आफ्नै स्वामित्व रहेको सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमपतिपत्र (लाइसेन्स) छपाई शुभारम्भ गरिएको छ । सुक्रबार एक समारोहकाबिच संन्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सवारी चालक अनुमतिपत्र छपाइको शुभारम्भ गनु भएको हो।
काभ्रेको पनौती नगरपालिका ५ मा रहेको २ सय ३५ रोपनी क्षेत्रफलको प्रयोग विहीन संरचनामा नेपालका लागि आवश्यक पर्ने अत्यावश्यक कागजात, कार्ड र बैक नोेट छाप्ने तयारी स्वरुप सुरक्ष मुद्रण केन्द्र स्थापना गरिएको थियो ।
‘अघिल्ला सरकार, मन्त्री र यो केन्द्र संचालनका लागि विभिन्न रुपले सहयोग पु¥याउने तथा यहाँसम्म ल्याउने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछु’–मन्त्री खरेलले भन्नु भयो –‘विगतका घटना, मुद्दामामला तथा आशंकाहरु चिर्दै शुसासन र पारदर्शिताका लागी सरकारले यो केन्द्र संचालनमा ल्याएको हो ।’
सवारी लाईसेन्सका साथै अन्य महत्वपूर्ण सरकारी कागजात र कार्ड साथै निजी क्षेत्रका लागि आवश्यक पर्ने अन्य कागजातहरु पनि यही केन्द्रबाट छपाई गर्ने गरी मन्त्री नियुक्ति भएको पहिलो बैठबाट नियमावली शंशोधन, नितीगत ब्यवस्था, श्रोत सुनिश्चितता र जनशक्ति ब्यवस्थापन लगायतका कार्यहरु सुरु गरिएको मन्त्री खरेलले बताउनु भयो ।
मन्त्री खरेलले भन्नु भयो ‘खण्डहर बनेको संरचनामा धुलो टकटक्याउँदै काम गर्न सुरु गरेका छौँ । अर्बौको लगानी छ । भवनहरु जिर्ण छन् । खरिद गरिएका मेशिनहरु प्रयोग विहीन छन् । भवनहरु अलपत्र छन्’–मन्त्री खरेलले –‘यसका बाबजुद पनि सवारी चालक अनुमितपत्र छाप्ने हिम्मत गरेका छौँ ।’
यो सरकारका लागि बोझ नभई आयश्रोतको राम्रो माध्यम र नागरिकहरुलाई सेवा प्रदान गर्ने पहिलो र अब्बल संस्थाका रुपमा चिनाउने गरी कार्य प्रारम्भ गरेको मन्त्री खरेलको धारणा थियो ।
यसैगरी यस कार्यले विदेशी पुँजी रोक्न र नागरिकहरुलाई आजको भोली नै सेवा प्रदान गर्न सुरक्षण मुद्रण केन्द्र सक्षम रहने विस्वास लिएको छ । यो केन्द्रबाट लाइसेन्स पछि पहिलो चरणमा ९ वटा सरकारी कागजात छाप्ने तयारी सरकारले गरेको जानकारी दिएको छ । पुरानो संरचना बाहेक सुरक्षण मुद्रण केन्द्रका लागि ३ अर्बको लगानी भइसकेको छ ।







प्रतिक्रिया दिनुहोस