आज: २०८२ फागुन १६, शनिबार | Sat, 28, Feb, 2026

यी दुइ प्रदेशका हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

२०८२ कार्तिक २३, आईतबार मा प्रकाशित ( ३ महिना अघि) २८५३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

बिवियु, धादिङ २३ कार्तिक ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेता पनि मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

आईतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

साथै आजराति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस