
नारी बाटिका

भगवती उप्रेती, नारी वाटिका संवाददाता
धादिङ -२८ कार्तिक।
धादिङ उद्योग वाणिज्य संघको ३२औं साधारण सभा तथा ३४ औं स्थापना दिवस सम्पन्न भएको छ ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारी लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदा रहँदै पनि सोचेजति सफलता हाँशिल गर्न सकिएको छैन ।
तथापी यस क्षेत्रले रोजगारी, आयआर्जन, गरिवी न्यूनीकरण र निर्यातमा सोचेजति योगदान पुर्याउन नेपाल उद्योग बाणिज्य महासंघ प्रयासरत रहेको बताउनु भयो ।
उहाँले व्यपार व्यवशायको निरनतरता,उद्योगको सम्रक्षण,सान्ती सुरक्षा,कृषि लगायत सबै क्षेत्रमा सरकारका सुरक्षा समेन्त्रले ढुक्क भएर काम गर्ने वातावरण तयार गर्ने अनुरोध गर्नु भयो । उहाँले भन्नु भयो,सबै मिलेर मात्रै विकासको सम्भावना छ । सबै मिलरे काम गरौं ।

कार्यक्रमका अध्यक्ष एव्ं धादिङ उद्योग बाणिज्य संघका रामकुमार डल्लाकोटीले उद्योग बाणिज्य सबै संग हातेमालो गरेर उद्यमी,व्यवशायीहरु तथा उपभोत्ता समेतको हितमा आफुले सक्दो काम गाररहेको र आगमी दिनमा अझै उनीहरुको हितका निमित्त आफु लाग्ने बताउनु भएको थियो ।







प्रतिक्रिया दिनुहोस