आज: २०८२ कार्तिक २९, शनिबार | Sat, 15, Nov, 2025

देउवा दम्पती थप उपचार गरी सिंगापुरबाट स्वदेश फर्किए

२०८२ कार्तिक २९, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ४९७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२९ कार्तिक।

पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवा उपचारपछी नेपाल फर्किनु भएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रमण गरी आन्दोलनकारीको कुटपिट र लछार पछारबाट घाइते हुनु भएका देउवा दम्पती सिंगापुरमा उपचार गरेर सुक्रबार नेपाल फर्किनु भएको हो।

सोही आक्रमणबाट घाइते भएपछी काठमाडौमा उपचारपछी पनि उहाँहरुको स्वास्थ्यमा सुधार नभएपछी उहाँहरु कात्तिक १० गते थप उपचारका लागि सिंगापुर जानु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस