
नारी बाटिका
वियु,नारी वाटिका संवाददाता
धादिङ ३० कार्तिक ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयका अनुसार सम्झौता उल्लंघन, निर्माण तथा आपूर्तिमा गम्भीर त्रुटि पुर्याएको भन्दै उक्त कम्पनीलाई कालोसुचीमा राखिएको जनाएको हो ।
कार्यालयले समयमै काम सम्पन्न नगर्नु र सरकारी निकायले मागेको स्पष्टीकरण नबुझाउनु मुख्य कारण मानी यस्तो कदम चालिएको बताएको छ। जसका कारण ९ निर्माण कम्पनीलाई १ देखि २ वर्षसम्म कालोसूचीमा राख्ने तयारी गरिरहेको छ ।
यसरी कालोसूचीमा राख्ने तयारी भएका निकायहरूमा विभिन्न स्थानीय तह, ग्रामिण नगरपालिका, राजमार्ग योजना कार्यालय, वायुसेवा निगम, कृषि सामग्री कम्पनी, साना तथा घरेलु उद्योग विभाग लगायतका सरकारी कार्यालयहरु नै परेका छन् ।
त्यसैगरी कालोसूचीमा परेको लक्ष्मण कन्स्ट्रक्सन, प्राइम इन्फ्रास्ट्रक्चर, अनिवन बिल्डर्स, जयवल्लभ कन्स्ट्रक्सन, तुलेसी इन्जिनियरिङ, चक्रेश्वरी–मिभिकोन जिभिई, मिभिकोन एन्ड कम्पनी, अधिकारि निर्माण सेवा, विराट कन्स्ट्रक्सन, लोहित÷आयोन जिभिई, लोहित इन्फ्रा,आयोन निर्माण सेवा र प्यालस इन्जिनियरिङ परेका हुन् ।
२ वर्षका लागि कालोसूचीमा राखिएका कम्पनीमध्ये चक्रेश्वरी–मिभिकोन जिभिई र त्यससँग आबद्ध अन्य दुई कम्पनी प्रमुख छन् । कालोसूचीमा रहेको अवधिभर उनीहरूले कुनै पनि सरकारी निकायसँग ठेक्का, सेवा वा आपूर्ति सम्बन्धी काम गर्न नपाउने गरी कालोसुचीमा पर्ने भएका हुन् ।
अनुगमन कै क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित अनुगमनका क्रममा तीन दिनमा ८ उद्योग–फर्मसँग २ लाख ३१ हजार रुपियाँ जरिवाना अतोकेको छ ।अनुगमनको टोलीले मंगलबार, बुधबार र बिहीबार गरी ३७ उद्योग तथा फर्म अनुगमन गरेको बताएको छ।
त्यसैगरी अन्य कम्पनीहरुलाई पनि नियम विपरित कार्य गर्नेहरुलाई जरिवाना र कारवाही गरेको छ।







प्रतिक्रिया दिनुहोस